News Portal

कोरोनासग लडिरहेका कांग्रेसका महामन्त्री डा कोइरालालाई गाह्रो भएपछि ऊँ अस्पतालको आईसीयूमा

डबली संवाददाता२०७७ भदौं ३१ गते
८७ पटक

काठमान्डौं । कोरोना सक्रंमित भएका नेपाली कांग्र्रेसका महामन्त्री डा शशांक कोइरालालाई ऊँ अस्पतालको आईसीयूमा उपचार गरिदै छ । उनलाई कोरोना सक्रंमण भएपनि केही लक्षण देखिएको थिएन् । उनि होम आईसोलेसन्मा उपचाररत थिए । तर सोमबार अचानक ज्वारो आएपछि चाबहिल स्थित ऊँ अस्पतालमा लगिएको थियो ।

अस्पतालमा राख्दा ज्वारोको सामन्य उपचार गराईरहेका थिए । तर ज्वारो बढेपछि उनमा उपचारकै क्रममा निमोनियाको लक्षण पनि देखियो । अवस्था झनझन बिग्रीदै गएपछि आज उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिदैछ ।

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सागर ढकाल, डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टीम संलग्न रहेको छन् ।

अस्पताल भर्ना गरिएका कोइरालामा निमोनियाको लक्षण देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको हो । साथै अहिले कोइरालाको अवस्था स्थीर रहेको ऊँ अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताएको छन् ।
कोईरालालाई अघिल्लो हप्ताको बुधबार कोरोना सक्रंमण भएको पुष्टि भएको थियो ।

उनका परिवारका १९ जनाको स्वाब लिइएकोमा डा. कोइरालाको रिपोर्ट पोजिटिभ आएको तर परिवारका अन्य सदस्यमा कोरोना सक्रंमण नभएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्