News Portal

आपूर्ति मन्त्री भट्ट ग्राहक भएर तरकारी बजारमा पुगे, महंगोमा बेच्ने पसल सिल

डबली संवाददाता
९० पटक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट एकाविहानै काठमाडौंका विभिन्न होलसेल तथा खुद्रा तरकारी बजारमा ग्राहक भएर पुगे । प्याज र अन्य तरकारीको कालोबाजारी तथा मृत्युवृद्धिको अनुगमन गर्न मन्त्री भट्ट ग्राहक भएर पसलहरुमा पुगेका थिए ।

व्यवसायीहरुले पनि नियमित ग्राहकजस्तै केही पसलले तरकारीको मूल्य भने र बिना बार्गेनिङ मन्त्री भट्टले खल्तीबाट रुपैयाँ निकाले दिए । उनीहरुले कृतिम अभाव सिर्जन गरी तरकारी महंगोमा बेचेको भेटिएपछि मन्त्री भट्टले सिल गर्न निर्देशन दिए ।  बुधबार विहानै सर्वसाधारणको भेषमा तरकारी बजार तथा पसलहरुमा पुग्दा व्यवसायीले कारोबार सुरु गरिसकेका थिए । मन्त्रीको सचिवालय दिएको जानकारीअनुसार केही दिनदेखि तरकारीमा कालोबजारी र मूल्यवृद्धि गरेको गुनासो आएपछि मन्त्री अनुगमनमा निस्किएका थिए ।

अनुगमनको क्रममा मन्त्री भट्टले कालिमाटी, लगनखेलस्थित तरकारी बजारको साथै अन्य क्षेत्रमा रहेका होलसेल र खुद्रा पसमा पुगेका थिए । मन्त्री भट्टले कालोबजारी नगर्न र महंगोमा तरकारी नबच्ने समेत निर्देशन दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्