News Portal

६ महिनापछि भोलिबाट हवाई सेवा-लामो दूरीका सार्वजनिक यातायात र सबै होटल खुल्ने

डबली संवाददाता२०७७ भदौ ३१ गते
१०३ पटक

काठमाडौं । कोरोनाका कारण बन्द अवस्थामा रहेका होटल र सार्वजनिक यातायातका साधन भोलिबाट खुल्ने भएका छन् । सरकारले असोज ५ गते खुलाउने निर्णय गरेपनि व्यवसायीहरुले असोज १ गतेबाटै खुल्ने अडान लिएका थिए । सरकारले आफैले गरेको निर्णय एक दिनमै उल्टाउँदै मंगलबार असोज १ गतेबाट लामो दूरीका यातायात र होटल खोल्न दिने निर्णय गर्यो ।

सरकारले सोमबार मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज ५ गतेबाट लामो दुरीका यातायात र अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले त्यसको प्रतिवाद गर्दै १ गतेबाटै खोल्ने अडान लिएपछि सरकारले झुकेको थियो । हवाई र सार्वजनिक यातायातमा आधा सिट क्षमतामा यात्रु लिन पाउने, मास्क, भाइजर अनिवार्य गर्न समेत सरकारले भनेको छ ।

सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढ्ने भएको छ । तर, आधा सिटमा मात्रै यात्रु बोक्न पाउने निर्णय भने व्यवसायीहरुले कार्यान्वयन गर्नेमा शंका देखिएको छ । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स संचालकसँग छलफल गरेको थियो । उक्त छलफलमा ५० प्रतिशत प्रावधानबारे कुनै पनि जानकारी दिइएको छैन ।

यातायात खुलाउने निर्णयसँगै राजमार्गका होटल पनि खुलाउने निर्णय सरकारले गरेको छ । मापदण्ड बनाएर खाना–खाजा खुवाउने होटलहरु खुल्ने भएका छन् । त्यस्तै भोलिबाट तारेदेखि रेष्टुरेन्टलगायत सबै होटल व्यवसाय पनि खोल्ने निर्णय सरकारले गरेको छ । –

सार्वजनिक-हवाई यातायात र होटल खुलाउने निर्णय गरेपनि कोरोना संक्रमण झनझन बढेको मंगलबार नेपालमा थप १४५९ जनामा सक्रमण पुष्टि भएको थियो भने ११ जनाको ज्यान गएको गयो ।

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । जसमध्ये ३७१ जनाको ज्यान गइसकेको छ । त्यस्तै नेपालमा मंगलबारसम्म १५ हजार ७ सय ७९ जना कोरोनाका सक्रिय संक्रमित थिए ।

त्यसैगरी कोरोना जितेर घर जानेको संख्या पनि बढिरहेको छ । मंगलबारसम्म आउँदा निको भएर घर फर्किनेको संख्या ४० हजार ६ सय ३० पुगेको छ । त्यस्तै, १५ हजार ७ सय ७९ जना आइसोलेसनमा रहेका छन् भने ७२५० जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्