News Portal

असोज १ गतेदेखि देशभरका सवै सार्वजनिक गाडी चलाउछौं–यातायात व्यवसायी

डबली संवाददाता२०७७ भदौं ३० गते
१५८ पटक

काठमान्डौं । यातायात व्यवसायीले असोज १ गतेबाट देशभर सार्वजनिक गाडी चलाउन पाउ भन्दै आन्दोलान गरेको छन् । नेपाल यातायात व्यवसायीका राष्ट्रिय महासंघले सरकार आफुलाई कोरोना माहामारीमा पनि सहयोग नगरेको गुनासो गदै यस्तो बताएको हो ।

आन्दोलनको सुरुवातमा यतायत सञ्चालक र मजदुरहरुले असोज १ गतेदखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने “सरकारले हाम्रो बारेमा केही सोचेन, अब हामी आफनो बारेमा आफैं सोचेर असोज १ देखि देशभर सार्वजनकि सवारी साधन सञ्चालनमा ल्याउँछौं, अहिले मजदुरले नै सवारी सञ्चालन गर्न थन्क्याएर राखेका सवारीसाधन मर्मत गर्न थालेका छन् ।”
महासचिव सिटौलाले कोरोना महामारीका नाममा लामा समयदेखि बन्दक भएकाले बाध्य भएर सवारी साधन सञ्चालन गर्ने निर्णयमा पुगेको बताएको छन् । कोरोनाको नाममा यातायातका साधन थन्क्याएर सरकाले त्यसको औचित्य पुष्टि गर्न नसकेको प्रति आक्रोश ब्यक्त गरेको छन् ।
त्यस्तै गरी महासंघ सहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतकाले संयुक्तरुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै असोज १ गतेदेखि सार्वजनिक सवारीसाधन सडकमा निकाल्ने तयारी भएको महासंघका महासचिव सिटौलाले बताएको छन् ।

त्यस्तै उनले हाल रातो नम्बर प्लेटका सवारीको पास बनाइदिएर यात्रु ओसार्ने गरेको भए पनि कालो प्लेटको सञ्चालन गर्न नदिएको बताएको छन् । त्यस्तै “बैंकले पनि किस्तामा एक रुपैयाँ नछाडेको प्रति पनि आक्रोसित बनेको छन् ।

सार्वजनिक सवारीमा देशभर ११ लाख मजदुर प्रत्यक्षरुपमा संलग्न भएको बताउदै स्वास्थ्य मापदण्डलाई पालना गरेर असोज १ गतेदेखि सवारीसाधन चलाउने निर्णय यतायत ब्याबसायिले गरेको छन् ।

यता सरकारले असोज ५ गतेबाट हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो ।

त्यसैगरी लकडाउनसँगै बन्द लामो दूरीका सार्वजनिक यातायातका साधन पनि असोज ५ बाट सुचारु गर्ने निर्णय पनि सरकारले गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्