News Portal

कोरोनाबाट नेपालमा २२८ जनाको ज्यान गयो, जम्मा सक्रमित ३९ हजार ४६०

डबली संवाददाता२०७७ भदौं १५ गते
९३ पटक

काठमान्डौं ।

स्वस्थ्य तथा जनङसख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभर ८९९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । आजको सहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको छ ।

त्यस्तै आज काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका जनाएको छ । तिनिहरु काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ७ जनाको ज्यान गएको छ । आजको सहित जम्मा ज्यान गुमाउनेको सख्यां हालसम्म २२८ पुगेको छ ।

आज देशका विभिन्न प्रयोगशालामा ११ हजार १२९ जनाको पिसीआर परीक्षण गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८२२ रहेको छ । आज देशभर सात हजार ३३७ जना क्वारेन्टिनमा छन् । यस्तै आज थप ५८८ कोरोना जितेर घर फर्किएका छन् । आज सम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या २१ हजार ४१० पुगेको छ ।

नेपालमा कोरोनाभाइरसबाट काठमाडौं उपत्यकामा आइतबार ४२९ सहित थप १ हजार २ सय २१ जनामा कोरोना संक्रण पुष्टि भएको थियो । हिजो ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हिजो देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, हिजो २६७ जनाले जितेर घर फर्किएका थिए । हिजो मात्र १४ जनाको ज्यान गएको थियो । तिनिहरु ४ महिला र १० पुरुष
थिए ।
हिजो केन्द्रीय कारागार, सुन्धाराका ५० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमान्डौ उपत्यकामा संक्रमितलाई उपचारका लागि गंगालाल, ट्रमा, त्रिवि शिक्षण अस्पताल लगायतमा लैजाने गरेको उल्लेख गर्दै त्यहीँबाट संक्रमण फैलएको हुनसक्ने बताएका िथए ।

प्रतिकृया दिनुहोस्