News Portal

कोरोना तिब्र फैलिरहेको काठमाडौ उपत्यकमा जारी निषेधाज्ञा १७ गते पछि के हुन्छ ?

डबली संवाददाता२०७७ भदौं १५ गते
२०९ पटक

काठमान्डौं । कोरोना तिब्र फैलिरहेको काठमाडौ उपत्यकमा जारी निषेधाज्ञा अब के हुन्छ भन्ने बिषयमा अन्योलता भएको छ । काठमान्डौ उपत्यकाका तिन जिल्ला काठमान्डौ, ललितपुर, भक्तपुरमा भदौं १७ गते सम्मको लागी निषेधाज्ञा जारी गरेको छ ।

त्यस पछि थप गर्ने की नगर्ने भन्ने बिषय अन्योलमा रहेको सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बताएको छन् ।

उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले भने “काठमाडौ उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सम्म निषेधाज्ञा लागू गरेको भएपनि अव के गर्ने भन्ने बिषयमा स्थानीय प्रशासन अन्योलमा परेको छ । ”

तर यता एक उच्च सरकारी अधिकारीको अनुसार स्थानीय प्रशासनले सरकारले निषेधाज्ञा थप गर्ने अधिकार प्रदान गरेको भएपनि सीसीएससीका संयोजक रहनु भएका उपप्रधान मन्त्री पोखरेलसंग बैठक हुन नसकेपछि अन्यौलता उत्पन्न भएको छ ।

यसअघि भदौं १० गते बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा १७ गते सम्मका लागी जारी राख्ने निर्णय गरेका थिए ।

यसैबिच कोरोनाका कारण बन्द अन्तर्राष्ट्रिय हवाई यातायात भोलिबाट सुरु हुने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाह्य उडान सुरु गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले आन्तारिक उडान भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, लामो दूरीका सार्वजनिक यातायातलाई बन्द गर्ने निर्णयलाई थप गरेको छ ।

अब भदौ समान्तसम्मको लागि लामो दूरीका सार्वजनिक यातायात खुल्ने छैनन् । यसअघि हवाई सेवा र लामो दूरीका सार्वजानिक यातायात आज राति १२ सम्मको लागि बन्द गरिएका थिए । शैक्षिक संस्थाहरुलाई पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस्