News Portal

बे’पत्ता भएका परिवारलाई निःशर्त न्यायको लागि पूर्व जनमुक्ति सेना संघले दियाे यस्तो चेतावनी

डबली संवाददाता२०७७ भदौं १५ गते
२७५ पटक

काठमान्डौं । जनयुद्धको क्रममा राज्यद्वारा बे’पत्ता भएका परिवारलाई निःशर्त न्यायको लागि पूर्व जनमुक्ति सेना संघले माग गरेको छ । विश्व अन्तराष्ट्रि बेपत्ता दिवश (अगस्ट ३०) को अवसरमा एक बिज्ञप्ति जारी गदै सघंले यस्ता घटना समाजमा पुनःनदोहोरीयोस भन्नका लागि अभिलम्ब सम्बन्धीत पक्षले बे’पत्ता भएका परिवारलाई निःशर्त न्याय दिनुपर्छ भन्दै सरोकार पक्षकको ध्यानाकर्षण गराएको छ ।

पूर्वजनमुक्ति सेना संघ नेपालको सहसचिव तथा बहिर्गमित जनमक्तिु सेना संरक्षक जिग्मी, बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समिति इन्चार्ज असिम लिम्बू (सुनिल) र अध्यक्ष रमेश बसेल (करन) द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, “ यत्रो ठूलो परिवर्तन मुलुकमा भए,विभिन्न चरणका सरकार बने तर यिनै परिवर्तनका समयमा सहभागी क्रान्तिका योद्धाहरु तथा हजारौं सर्वसाधरण नागरीकहरुलाई बे’पत्ता पार्ने कार्य पनि भएका थिए ।

चाहे त्यो तत्कालिन राज्यपक्षबाट वा विद्रोहीपक्षबाट भई गरेका घटना किन नहोस् । पिडित परिवारहरुले आज सम्म न्याय पाउन सकेका छैनन । नेपालको शान्ति प्रकृयाको अधुरो काम मध्ये वर्तमान अवस्था सम्म बाकि रहेको महत्वपूर्ण अंग बेपक्ता नागरिकको खोजबिन ,पिडित परिवारलाई न्याय, उचित व्यवस्थापन सहितको क्षतिपूर्ती र दोषीउपर कडा भन्दाकडा सजायको व्यवस्था नभए सम्म शान्ति प्रकृयाले पूर्णता पाउने छैन । विगतका घटनालाई न्यायीक कटघरामा नउभ्याए ,भविष्यमा पनि यस्ता प्रवृतिहरुले प्रसय पाउन सक्छ ।

त्यस्तै बिज्ञप्तिमा अगाडि भनेको छ “विभिन्न मुलुकमा राजनैतिक परिवर्तन वा अन्य परिवर्तनका लागी जनताहरुले आवाज उठाउने क्रममा कतै राज्यबाट र कहि विद्रोहीहरुबाट नागरिकलाई बलजफती गरी गैर कानुनी तवरबाट बन्धक बनाई,यातना दिई बेपत्ता बनाईएका घटनाको विरुद्धमा पिडीतलाई न्याय र पिडकलाई कानुनी कठघरामा उभ्याउने दिनको रुपमा यस दिवसलाई संसारभर मनाईन्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ डिसेम्बर १८ का दिन ४७÷१३३ धारालाई निर्णय गरी विश्वभर बलजफती बेपक्ता पारिएका सबै मानिसहरुको जिवन संरक्षण हुनु पर्छ भनि घोषणा गरेको थियो ।

यसै घोषणाबाट शरुवात भएको यस अन्तराष्ट्रिय बेपक्ता दिवसको अवसरमा नेपालको सन्दर्भमा तत्कालिन नेकपा माओवादीले २०५२ बाट शुरु गरी २०६३ साल सम्मका दशवर्षे जनयुद्ध को जग र ०६२ ÷०६३ सालको जनआन्दोलन मार्फत नेपालमा गणतन्त्र स्थापना गरेको छ । ”

प्रतिकृया दिनुहोस्