News Portal

प्रधानाध्यापकले गरे सुराकी, सिन्धुलीबाट नेकपाका ८ जना नेता समातिए

डबली संवाददाता २०७७ भदौं १५ गते
२७५ पटक

काठमान्डौं । सिन्धुलीबाट नेकपाका ८ जना कार्यक्रता समातिएको छन् । नेता कार्यक्रताहरुलाई फिक्कल गाउँपालिका वडा न–१ महादेवडाँडाबाट १ जना महिला सहित तीनपाटन गाउँपालिका–८ लायोगाउँबाट समातिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर क्षेत्रीले जानकारी दिएको छन् ।

उनिहरुलाई नामथर प्रहरीले खुलाएको छैन् तर सदरमुकाम सिन्धुली ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्लाको तीनपाटन गाउँपालिका–८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले उनिहरुबारे प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन टोली सर्च अप्रेसनमा जुटेका थिए ।

प्रहरीको टोलीले उनिहरुलाई सुचनाको आधारमा आइतबार दिउँसो नै घेरा हालेको थियो । त्यस पछि उनिहरुलाई सिन्धुलीकै जिनाखो जङ्गलबाट समाएको सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताएको छन् ।

उनीहरुको साथबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको प्रहरीले बताएको छ । समातिएका हरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच,प्रअले आफु अपहरणमा परेको खबर दिए तर प्रहरीमा जाहेरी दिन चाहेका थिएनन् । नचाहेपछि जिल्ला प्रहरी कार्यालयबाट मुद्दा फाँटको टोली आफै तीनपाटन पुगेको एक प‌्हरी स्रोतले बताएको छ ।

हाल सशस्त्र प्रहरीको प्रहरी निरीक्षक नेतृत्त्वको टोलीसँगै सिन्धुलीकै खुर्कोट र उदयपुरबाट पनि प्रहरी टोलीले सर्च अपरेसन् गरिरहेको खबर स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्