News Portal

नेकपाकी नेतृ भुजेल सर्वोच्च अदालतको आदेशमा रिहा

डबली संवाददाता२०७७ भदौ १५ गते
२७७ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल रिहा भएकी छन् । बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आइतबार रिहा गर्न आदेश दिएको थियो ।

नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी भुजेललाई गैरन्यायीक रुपमा बन्दी बनाइएको भन्दै बहिनी सुशिला भुजेलले दायर गरेको रिटमाथि न्यायधीसद्वय दीपककुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले उनलाई भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले सरकार र सप्तरी जिल्ला प्रहरीलाई आदेश गरेको हो ।

नेतृ भुजेलसँगै जिल्ला नेता सुमनसिंह पौडेललाई पनि रिहा गर्न आदेश दिएको थियो । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर रिहा हुनासाथ अदालत परिसरबाटै गि.रफ्तार गरी बन्दी बनाइएको थियो ।

रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, पंकज कुमार कर्ण, सन्तोष कोईराला, राजु अधिकारी, खिमानन्द अधिकारी, चुडाबहादुर निरौला, चिरञ्जीवी ढकालले बहस गरेका थिए ।

पार्टीको कामको सिलसिलामा भुजेललाई ०७६ पुस १२ गते सुनसरीबाट प्रहरीले गि.रफ्तार गरेको थियो । अदालतको आदेशलाई लत्याउँदै झापा, जनकपुर, कैलाली, गोर्खा, ललितपुर, भोजपुर, संखुवसभा हुदै पुनः सुनसरी पछि सप्तरी लगिएको थियो ।

प्रतिकृया दिनुहोस्