News Portal

नेकपाले भन्यो- पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी र विजुली भत्काउने वडाअध्यक्षलाई जनकारवाही गर्छौं

डबली संवाददाता२०७७ भदौ १४ गते
२९५ पटक

अछाम । नेपाल कम्युनिस्ट पार्टीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी आयोजना र तालागाड जलविद्युत आयोजनाको बाँध भत्काउने वडाअध्यक्षलाई जनकारवाही गर्ने बताएको छ । विप्लव नेतृत्वको नेकपाको पञ्चदेवल विनायक नगर कमिटीले आइतबार एक विज्ञप्ति जारी गरेर नगरपालिकाको वडा ६ का अध्यक्ष पूर्णबहादुर रावलले खानेपानी आयोजनाको इन्टेकसहितको निर्माणाधित संचारना भत्काएको र वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढाले जलविद्युत आयोजनाको कुलो भत्काएर जनतालाई अँध्यारो भोग्न बाध्य बनाएर अपराध गरेको बताएको छ ।

नगर सेक्रेटरी किशोरले जारी गरेको विज्ञप्तिमा नगरपालिकाका मेयर,उपमेयर र कार्यकारी अधिकृतको संलग्नतामा कै संलग्नतामा नगरभित्र पदीय शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने, आफू अनुकुल योजना निर्माण गर्ने, कामै नगरी रकम निकासा दिने गरेको पार्टीलाई जानकारी भएको बताउँदै निगरानी बढाइएको बताएका छन् ।

“आफ्नो स्वार्थ अनुकुल योजना नहुँदा यस नगरका वडा नम्बर ६ का वडा अध्यक्ष पूर्णबहादुर रावलले खानेपानी आयोजनाको इन्टेकसहित निर्माणाधिन सबै संरचना भत्काएर आफ्नो अपराधिक चरित्र उदाङ्गो पारेका छन् । त्यसैगरी न.पा. कै वडा न. ५ का वडा अध्यक्ष कुलबहादुर बुढाले तालागाड जलविद्युत आयोजनाको १०० मिटर कुलो रातारात भत्काएर जनतालाई अँध्यारो भोग्न बाध्य पारेर गम्भीर अपराध गरेका छन् । यी दुबै अपराधका साक्षी स्वयं यस नगरका मेयर, उपमेयर र कार्यकारी प्रमुख नै हुन भन्ने कुरा घटना पछिका उनीहरुका छटपटाहटबाट नै स्पष्ट हुन्छ” विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले सार्वजनिक सम्मतिमाथि क्षेति पर्याउदा समेत दोषी वडाअध्यक्षलाई कारवाहीको गर्नुको साटो आपसी लेनदेनमा अपराधलाई ढोकछोप गर्न लागिएको बताउँदै घोर भत्सर्ना गरेका छन् ।

सेक्रेटरी किशोरले खानेपानी र विद्युत आयोजना दुबै जनातको अनिवार्य र आधारभूत आवश्यकता भएको बताउँदै भत्काउने कार्य अपराध भएकोले पार्टीले जनकारवाही गर्ने बताए । उनले भत्काइएका संरचना उनीहरुको व्यक्तिगत लगानीमा निर्माण गरिनुपर्ने र अपराधमा संलग्नले जनतासँग माफी माग्न चेतावनी समेत दिएका छन् ।

“अपराधमा संलग्न ब्यक्तिहरुलाइ हालसम्म कुनै कारवाहीको दायरामा ल्याउने न्युनतम प्रयास समेत नगरी आपसी स्वार्थहरुको लेनदेनमा मिलाउन भत्काइएको बाधको क्षति नगरपालिकाले ब्यहोर्ने नाटक मन्चन गरिएको छ । त्यसैले यी सबै श्रंंखलाबद्ध क्रियाकलापहरुप्रति हाम्रो पार्टी घोर भत्सर्ना ब्यक्त गर्दछ । जनताको रगत पसिनाको मूल्यसँग खेलबाड गरेर आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका निम्ति जनताको आधारभुत आवश्यकता र हकका विरुद्ध अपराध गर्ने कथित वडा अध्यक्षहरुलाई पार्टीको तर्फबाट कडा कार्बाही गरिने कुरा आम जनसमुदायलाई अवगत गराउन चाहन्छौं । साथै भत्काइएका सबै संरचमा पुनः निर्माण गर्न र त्यसको क्षतिको हरहिसाब ती ब्यक्तिहरुले ब्यहोर्न र सार्बजनिक रुपमा जनतासँग माफी माग्न हाम्रो पार्टी निजहरुलाइ कडा निर्देशन जारी गर्दछ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी सेक्रेटरी किशोरले विज्ञप्तिमा नगरपालिकाका मेयर, उपमेयर र कार्यकारी प्रमुखकै संलग्नतामा भ्रष्टाचार, कमिसन, आफू खुशी योजना निर्माण, गुटगत स्वार्थको लागि नगरपालिकालाई दुरुपयोगक गर्ने, कमिसनलगायतका कार्यको प्रमाणहरु आफ्नो पार्टीसँग भएको भन्दै कारवाही गर्ने समेत बताएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “पञ्चदेवल बिनायक नगरपालिकाका कथित केहि जनप्रतिनिधिहरुको शासकीय मनोवृत्तियुक्त ताण्डबी रबैया, भ्रष्ट र नैतिकता बिहिन आचरण र व्यबहारप्रति यस नगरपालिकाबासी जनसमुदायको निरन्तर आक्रोश रहेको कुरा हाम्रो पार्टीलाई बिशेष अवगत छ । पदीय शक्तिको दुरुपयोग गर्दै नगरपालिकामा भ्रष्टाचार गर्ने, मेयर उपमेयरले आफ्ना गुटगत स्वार्थका लागि सिङ्गो नगरपालिकालाई दुरुपयोग गर्ने, आफ्नो अनुकुलको योजना निर्माण गर्ने, आफू अनुकूलकै ठाउँमा योजना पार्ने र कमिसन खाने काम भइरहेको कुराका पर्याप्त सूचना र प्रमाणहरु हाम्रो पार्टीमा प्राप्त भएका छन् । यसैगरी काम नगरी बजेट भुक्तानी गर्ने गराउने, नक्कली योजना बनाएर रकम निकासा दिने, बजेट नै नभएको योजनामा काम गराएर पछि रकम निकासा दिनेलगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा लिप्त नगरपालिकाका मेयर, उपमेयर र केही वडाका वडा अध्यक्षहरुलगायत अन्य केही भ्रष्ट, दलाल र ब्यभिचारीहरुलाई हाम्रो पार्टीको उच्च निगरानीमा राखिएको छ । हाम्रो पार्टी यस्ता घुसखोर, कमिसनखोर, भ्रष्ट र जनबिरोधी तत्वहरुलाइ जनकारबाही गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

यस्तो छ विज्ञप्ति

पञ्चदेवल बिनायक नगरपालिकाका कथित केहि जनप्रतिनिधिहरुको शासकीय मनोवृत्तियुक्त ताण्डबी रबैया, भ्रष्ट र नैतिकता बिहिन आचरण र व्यबहारप्रति यस नगरपालिकाबासी जनसमुदायको निरन्तर आक्रोश रहेको कुरा हाम्रो पार्टीलाई बिशेष अवगत छ । पदीय शक्तिको दुरुपयोग गर्दै नगरपालिकामा भ्रष्टाचार गर्ने, मेयर उपमेयरले आफ्ना गुटगत स्वार्थका लागि सिङ्गो नगरपालिकालाई दुरुपयोग गर्ने, आफ्नो अनुकुलको योजना निर्माण गर्ने, आफू अनुकूलकै ठाउँमा योजना पार्ने र कमिसन खाने काम भइरहेको कुराका पर्याप्त सूचना र प्रमाणहरु हाम्रो पार्टीमा प्राप्त भएका छन् । यसैगरी काम नगरी बजेट भुक्तानी गर्ने गराउने, नक्कली योजना बनाएर रकम निकासा दिने, बजेट नै नभएको योजनामा काम गराएर पछि रकम निकासा दिनेलगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा लिप्त नगरपालिकाका मेयर, उपमेयर र केही वडाका वडा अध्यक्षहरुलगायत अन्य केही भ्रष्ट, दलाल र ब्यभिचारीहरुलाई हाम्रो पार्टीको उच्च निगरानीमा राखिएको छ । हाम्रो पार्टी यस्ता घुसखोर, कमिसनखोर, भ्रष्ट र जनबिरोधी तत्वहरुलाइ जनकारबाही गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

यसै सिलसिलामा आफ्नो स्वार्थ अनुकुल योजना नहुँदा यस नगरका वडा नम्बर ६ का वडा अध्यक्ष पूर्णबहादुर रावलले खानेपानी आयोजनाको इन्टेकसहित निर्माणाधिन सबै संरचना भत्काएर आफ्नो अपराधिक चरीत्र उदाङ्गो पारेका छन् । साथै यसैगरी न.पा. कै वडा न. ५ का वडा अध्यक्ष कुलबहादुर बुढाले तालागाड जलविद्युत आयोजनाको १०० मिटर कुलो रातारात भत्काएर जनतालाई अँध्यारो भोग्न बाध्य पारेर गम्भीर अपराध गरेका छन् । यी दुबै अपराधका साक्षी स्वयं यस नगरका मेयर,उपमेयर र कार्यकारी प्रमुख नै हुन भन्ने कुरा घटना पछिका उनीहरुका छटपटाहटबाट नै स्पष्ट हुन्छ । अझै अपराधमा संलग्न ब्यक्तिहरुलाइ हालसम्म कुनै कार्बाहिको दायरामा ल्याउने न्युनतम प्रयास समेत नगरी आपसी स्वार्थहरुको लेनदेनमा मिलाउन भत्काइएको बाधको क्षति नगरपालिकाले ब्यहोर्ने नाटक मन्चन गरिएको छ ।

त्यसैले यी सबै श्रंंखलाबद्ध क्रियाकलापहरुप्रति हाम्रो पार्टी घोर भत्सर्ना ब्यक्त गर्दछ । जनताको रगत पसिनाको मूल्यसँग खेलबाड गरेर आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका निम्ति जनताको आधारभुत आवश्यकता र हकका विरुद्ध अपराध गर्ने कथित वडा अध्यक्षहरुलाई पार्टीको तर्फबाट कडा कार्बाही गरिने कुरा आम जनसमुदायलाई अवगत गराउन चाहन्छौं । साथै भत्काइएका सबै संरचमा पुनः निर्माण गर्न र त्यसको क्षतिको हरहिसाब ती ब्यक्तिहरुले ब्यहोर्न र सार्बजनिक रुपमा जनतासँग माफी माग्न हाम्रो पार्टी निजहरुलाइ कडा निर्देशन जारी गर्दछ ।

प्रतिकृया दिनुहोस्