News Portal

आइडिया च्याम्पियन बुढाले संवाद डबलीको समन्वयमा कर्णालीमा निःशुल्क पुस्तक वितरण गर्ने

नरेश बिश्वकर्मा२०७७ भदौ १२ गते
४५१ पटक

काठमान्डौं । आइडीया स्टुडियो सीजन ४को च्याम्पियन हुम्ला स्थायी घर भएका दीपक बहादुर बुढाले आफ्नो नयाँ रचना ‘हप्तामा हेण्ड राइटीङ्ग’ नामक पुस्तक संवाद डबलीसँगको समन्वयमा कर्णालीमा निःशुल्क वितरण गर्ने घोषणा गरेका छन् ।
बुढाले आफ्नो जन्म दिनको शुभ–अवसरमा कर्णाली प्रदेशका ७९ स्थानीय निकायका ३ सय ९५ जना जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क किताब वितरण गर्ने घोषणा गरेका हुन् ।

मानिसहरुले जन्म दिनलाई विभिन्न तरिकाले मनाउने र कतिपयले त तडकभडक र अनावश्यक खर्च गरेर मनाउने गरेको बताउँदै त्यसलाई पनि सिर्जनशीलतामा ढाल्न सकिने बताए । आफूले सो अवसरलाई सामाजिक सेवा गर्ने आधार बनाएको बताउँदै भने,“मेरो जन्मदिनको उपलक्ष्यमा म जन्मेको गाउँ दुर्पाको म पढेको विद्यालय ‘श्री हिल्सा नौधारा’लाई ५० वटा र कर्णाली प्रदेशका प्रति निकायमा ५ वटाको दरले जम्मा रू ७७ हजार ८ सय ७५ मूल्यका ४ सय ४५ वटा पुस्तकहरू संवाद डबलीसँगको समन्वयमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छु ।”

लेखन कार्यमा पनि उत्तिकै अग्रसर बुढाद्वारा लिखित ‘हप्तामा हेण्ड राइटीङ्’ पुस्तक करिब १५ वर्षको अध्ययन तथा अध्यापनको अनुभव तथा अनुसन्धानको आधारमा हातले लेखेको नेपालमा पहिलो भएको दाबी गरेका छन् । सोे पुस्तकको अभ्यासबाट केवल एक हप्तामा नै हस्त लेखन सुधार गर्न सकिने पनि दाबी गरेका छन् ।

१ सय ७५ रुपैयाँ मूल्य राखिएको सो पुस्तक लेखकका बुढाले अघिल्लो लकडाउनको समयमा फाइनल गरी निषेधाज्ञाको सुरुवातमा मात्रै प्रेसबाट ल्याएको पनि जानकारी गराए ।

आईडिया च्याम्पियन बन्न सफल बुढाको अन्तिम तथा सार्वजनिकीकरण कार्यक्रम पहिलो लकडाउनले बिथोलेको र यो पुस्तकको बिमोचनलाई पुःन अर्को कोरोना निषेधाज्ञाले रोकेको तितो घटनालाई सम्झदै भन्छन्,“आइडिया च्यम्पियनको सार्वजनिकीकरण कार्यक्रम आयोजक आइडिया स्टुडियोले होटल हिमालयनमा सबै तयारी पूरा गरेको केही दिन अगावै लकडाउन भयो, अहिले यो पुस्तक विमोचनको २ दिन अघि निषेधाज्ञा जारी भयो ।”

आइडिया च्याम्पीयन बुढाले उक्त पुस्तक लिएर आफ्नो मातहतका विद्यालयका विद्यार्थीहरूलाई वितरण कार्यमा सघाउन कर्णाली प्रदेशका ७९ वटै स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई आह्वान गरेका छन् । साथै जन–प्रतिनिधीहरुलाई तलका नम्बरमा सम्पर्क गर्न अनुरोध पनि गरेका छनन् । सम्पर्क ९८५११४२६९९,९८५११४८४१९,९८४०९२३४३३

त्यसै गरी उनले कोरोना संक्रमणको समयमा छिटो भन्दा छिटो सम्बन्धित विद्यार्थीहरु समक्ष पुस्तक पुगोस भन्दै यो सूचना पनि जारी गरेका छन् । नोटः सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरूलाई सूचना गरिदिनुहुन सम्बन्धित जिल्लाका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस्