News Portal

स्वास्थ्यले साथ नदिएको भन्दै जापानी प्रधानमन्त्रि आबेले गरे राजिनामा दिने तयारी

डबली संवाददाता
१३८ पटक

काठमान्डौं । स्वास्थ्यले साथ नदिएको भन्दै जापानी प्रधानमन्त्रि आबले राजिनामा दिने तयारी गरेको छन् । आफ्ना स्वास्थ्य अवस्थाका कारण उनले राजीनामा दिन लागेको त्यहाँको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

आबेले आज यस बिषयमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्यबारे जानकारी दिने र राजीनामा समेत दिने बताइएको जापानी सञ्चारमाध्यमले बताएका छन् ।

प्रधानमन्त्री आबे स्वस्थ्यमा आएको समस्य सुधार गर्न अस्पतालमा एक साता शरीरका विभिन्न भागको जाँच गरिएको थिए । उपचारका लागि अस्पताल पुगेका सिन्जो आबेको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

यसै बिच कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्त्री आबेको निरन्तर आलोचना भइरहेको छ । कोरोना महामारीका कारण जापानको अर्थ व्यवस्थाको अवस्था ऐतिहासिक रुपमा तल खस्किएको छ।

सिन्जो आबेले सोमबारमात्र जापानको इतिहासमा अहिलेसम्म लामो समय प्रधानमन्त्रीको कार्यभार सम्हालेको रेकर्ड तोडेका छन् । आबे सन् २०१२ देखि लगातार प्रधानमन्त्रीको कुर्सीमा छन् ।

प्रतिकृया दिनुहोस्