News Portal

बच्चा पेटमा भएकी २३ बर्षीय महिला सहित पर्सामा थप २ जना कोरोना सक्रमितको ज्यान गयो

डबली संवाददाता२०७७ भदौं ११ गते
१३६ पटक

काठमानडौं । बिहिबार बिहानै पर्साको वीरगञ्जमा थप २ जना कोरोना सक्रमितको ज्यान गएको छ । उनिहरु पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको हुन् । महिलाको पेटमा ३३ हप्ताको बच्चा समेत रहेको स्रोतले जानकारी दिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार कोभिड संक्रमण पुष्टि भएपछि आफन्तले ति २३ बर्षीय महिलालाई अस्पतालमै छोडेर गएका थिए । नारायणी अस्पतालमा भर्ना भएकी ती महिलालाई सास फेर्न गाह्रा भएपछि भेन्टिलेटरमा उपचाररत थिईन् । तर भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा सुधार भएन । उपचारकै क्रममा आज बिहान ६ बजे उनको ज्यान गएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

त्यस्तै गरी भदौ ८ गते नै नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनिया समेत थियो । उनको उपचारका क्रममा हिजो साँझ ६ बजेतिर ज्यान गएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

आज बिहानको २ जना सहित कोरोनाबाट हाल सम्म वीरगञ्जमा ४४ जनाले ज्यान गुमाइसकेको छन् । जस मध्ये ३२ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका छन् ।

यसैबिच नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनदिनै अत्याधिक बढिरहेको छ । हिजो बुधबार थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११ जनासहित नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको जानकारी गराएको थियो ।

प्रतिकृया दिनुहोस्