News Portal

अमेरिकी जासुसी विमानले गोप्य रुपमा चिनियाँ सैन्य अभ्यसा रेकर्ड गरे, चीनले दियो यस्तो चेतावनी

डबली संवाददाता२०७७ भदौ ११ गते
२४१ पटक

काठमाडौँ । अमेरिकी सेनाको जासुसी विमानले चिनियाँ सेनाका सैन्य अभ्यास गोप्य रुपमा रेडर्क गरेका छन् । सीमा क्षेत्रभित्र प्रवेश गरेर अमेरिकी सेनाका दुई जासुसी विमान गोप्य रुपमा आफ्नो सैन्य परेड रेडर्क गरेको चीनले बताएको छ ।

चिनियाँ जनमुक्ति सेनाले सैन्य अभ्यास गर्दै आएको उत्तरी चीनको उक्त सीमा क्षेत्रमा अमेरिकी सेनाका विमान अनाधिकृत रुपमा प्रवेश गरेको बताइएको छ । रक्षा मन्त्रालयलाई उदृत गर्दै चिनियाँ संचारमाध्यमहरुले अमेरिकाले गल्ती स्वीकार नगरे र फेरि पनि त्यस्ता कार्य जारी राखे सैन्य झ.डप हुने बताएका छन् ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वू किनले उडान क्षेत्र नभएकै ठाउँमा अमेरिकी सेनाका २ विमानले सम्झौता उल्लंघन गर्दै गोप्य रुपमा सैन्य गतिविधि रेकर्ड गरेको बताएका छन् । अमेरिकीका उक्त कार्यले आफ्नो सेनाको सैनिक प्रशिक्षणमा समेत असर परेको बताउँदै प्रवक्ता वू किनले भने, “अमेरिकी नौसेनाका २ विमानले उत्तरी क्षेत्रमा अभ्यास गरिरहेको हाम्रो सेनाका बारेमा थुप्रै घण्टा (रेकर्ड) जासुसी गरेका छन् । यसले हाम्रो सैनिक प्रशिक्षणलाई असर गरेको छ । अमेरिकाले दुई देशबीचको सम्झौता समेत उल्लंघन गरेको छ ।”

अमेरिकी सेनाका विमान फ्लाई जोन नभएको क्षेत्रमा उडान भर्ने र गोप्य रुपमा गतिविधि रेकर्ड गर्ने कार्य निकै ख तरनाक भएको बताएका छन् । रक्षामन्त्रालाई उदृत गर्दै चिनियाँ संचारमाध्यमहरुले अमेरिकी सेनाका विमान फेरि चिनियाँ इलाकामा छिरे सैन्य झ डप हुेन बताएका छन् । अमेरिकी विमान फेरि आए चीनले खसाई दिने चेतावनी समेत दिएको छ ।

अमेरिकाले भने चिनियाँ आरोपको खण्डन गरेको छैन । सिएनएनसँगको कुराकानीमा युएस एयरफोर्सले आफूहरुले आफ्नो नियममा बसेर काम गरिरहेको दाबी गरे । उसले हिन्द महासागर वरिपरि अप्रेसन गर्दै आएको र फेरि गर्ने बताएको छ ।

अमेरिकी सेनाले उक्त क्षेत्रमा प्रयोग गरेको जाजुुस विमानलाई यु–२ नाम दिएको छ । अमेरिकाले उक्त विमानलाई पहिलो पटक सन् १९५० प्रयोग गरेको थियो । यी जाजुसी विमानले चिनियाँ क्षेत्रमा ७० हजार फिटमाथिबाट रेकर्ड गरेको चीनले बताएको छ । विमान धेरै समय आकाशमै बिताएर हिन्द महासागरको आफ्नो आधार क्षेत्रमा फर्किएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्