News Portal

कोरोना भाइरसको घरमै साधारण उपचार कसरी गर्ने ?

डबली संवाददाता२०७७ भदौं ८ गते
१४५ पटक

काठमान्डौं । हाल बिशवभर महामारी भएर फैलिरहेको कोरोना भाइरसले बिश्वभरका लाखौ मानिसहरुको ज्यान लिई सकेको छ भने करोडौ मानिसहरु कोरोनाबाट सक्रमित भईसकेको छन् । यस अवस्थामा अस्पतालमा कोरोना सक्रमित दिनदिनै बढ्दै गईरहेको र नेपाल पनि अब अस्पतालहरुमा कोरोना सक्रमितले उपचार नपाउने स्थिति बन्दै गईरहेको छ ।

यहि समस्यलाई मध्यनजर गदै हामिले कोरोनालाई घरमै कसरी उपचार गर्ने भन्नेबारे केहि टिप्सहरु दिएको छौं । तपाईले यी टिप्सहरु मनन् गदै आफु र आफ्नो परिवारलाई सुरक्षित राख्नु होस् ।

कोरोनाभाइरस संक्रमित भएपनि धेरैजसो व्यक्तिले हल्का रुपमा लिने गर्छन । त्यसैले को सग कोरोना छ भन्ने थाहा हुदैन । तपाई अरु सग सजग रहन्नु होस् । घरमा धेरै मानिसहरु जम्मा नगर्नु होस् ।

आफुलाई कोरोना भाईरसको आसङका लागेमा कोरोनाभाइरस जाँच उपकरण प्रयोग गर्नुहोस् । जस्तै ज्वरो नाप्नु होस् । यदि तपाईंलाई ज्वरो वा नयाँ खोकीको कुनै लक्षण छ भने अन्य व्यक्तिहरूसँग सम्पर्क नगर्नुहोस् ।

हाल कोरोनाको आधिकारिक औषधी बनिसकेको छैन् । त्यसैले अरुले भनेको लहलहिमा अरु कुनै पनि औषधि खाने चेष्टा नगनुहोस् ।

यदि तपाईलाई रोग बिग्रँदो छ वा तपाईको लक्षणहरु सात दिन पछि पनि सुधार भएन भने जति सक्दो चाँडो चिकित्सा सहायता लिनु पर्छ । यदि सामान्य छ भने फोनद्धारासल्लाह लिने, आपतकालिन भए अस्पताल गई हाल्नु पर्छ । सकेसम्म स्थानिय निकाय सगँ सम्पर्कमा रहिरहनु पर्छ ।

यदि तपाईंले ज्वरो वा लगातार खोकी अनुभव गर्नुभयो भने तपाईंले तुरुन्तै स्वयंलाई अलग गर्नुपर्दछ । तपाईं अस्वस्थ भएको बेलामा कुनै कडा गतिविधि त्याग्नु पर्छ । तर हल्का बिरामी अनुभव गरिरहेका व्यक्तिहरूले चिकित्सा सहयोग लिन आवश्यक पर्दैन।

घरमा प्रशस्त आराम गनुहोस्, गेडागुडि को झोल खानुहोस , धेरै तरल पदार्थहरू पिउनुहोस् । पर्याप्त पानी पिउनुहोस् यस्ले तपाईलाइ फुतिलो र रोग सग लड्न मद्त गर्छ ।

हामि ज्वरो र टाउको दुख्ने लक्षणहरूको लागि स्वऔषधी लिदा प्यारासिटामोल वा आइबुप्रोफेन लिन सक्छौ तर लक्षणहरू झन् खराब भए तुरुन्त चिकित्सक सल्लाह अनुसरण गर्नुपर्छ ।

चिसो र फ्लूको उपचार गर्नको लागि तपाईंले प्रयोग गर्न सक्ने केही औषधी र उपचारले कोरोनाभाइरस लक्षणहरूको साथ पनि मद्दत गर्दछ । खोकीको औषधि तपाईंको खोकीलाई कम गर्न मद्दत गर्दछ ।

यदि तपाईंसँग एन्टिबायोटिकहरू घरमा वरिपरि रहेको छ भने, तिनीहरूलाई कोरोनाभाइरसको उपचारको लागि प्रयोग नगर्नु होस् । किनकि यो भाइरस हो, एन्टिबायोटिकले कोरोनाभाइरस सुधार गर्दैन।

प्रतिकृया दिनुहोस्