News Portal

चीन-रुसले बनाएका कोरोना खोपको नेपालमा परीक्षण गर्ने प्रक्रिया अगाडि बढेको छः डा. प्रदिप

डबली संवाददाता२०७७ भदौ ७ गते
५१५ पटक

काठमाडौँ । चीन र रुस बनाएका कोरोनाविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्ने प्रक्रिया अगाडि बढेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदिप ज्ञवालीले परिषदको नेतृत्वमा चीन र रुससँगै  र अक्सफोर्ड विश्वविद्यालयले तयार गरेर खोपको तेस्रो चरणको परीक्षण गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

त्यसैगरी कोरोना भाइरस संक्रमितको प्लाज्मा थेरापीद्वारा उपचार तथा अध्ययन  सुरु गरिएको जानकारी गराउँदै खोपको परीक्षणको तयारी भइरहेको जानकारी दिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उपस्थित भएका ज्ञावालीले स्वास्थ्य मन्त्रालयको अस्वीकृतीमा १५ वटा अस्पतालमा अध्ययन भइरहेको बताए । उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल, नारायणी अस्पताल, काठमाडौँ विश्वविद्यालय चिकित्सा कलेज, भरतपुर अस्पताल, भेरी प्रादेशिक अस्पताल, नेपालगंज मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानसहित १५ वटा अस्पतालमा तोकिएका चिकित्सकको निगरानीमा प्लाज्मा थेरापीको प्रयोग तथा अध्ययन भइरहेको बताए ।

त्यसैगरी परिषदको नेतृत्वमा औषधि व्यवस्था विभागको अनुमतिमा अमेरिकी कम्पनीले उत्पादन गरेर क्लिनिकल ट्रायलमा रहेको औषधिको तोकिएका चिकित्सकको निगरानीमा कोरोनाका बिरामीलाई दिइरहेको जानकारी दिए । उक्त औषधि बिरामीले आफू माग्ने र औषधि पसलहरुले बिक्री बितरण गर्न नपाइने समेत ज्ञावालीले बताए । उक्त औषधि अध्ययन अनुसन्धानको लागि बिरामीले पहिले फारम भरेपछि मात्रै तोकिएका चिकित्सकको निगरानीमा दिइरहेको सदस्य सचिव ज्ञावालीले जानकारी दिए । चिकित्सकहरुले परिषद्का गाइडलाइन, रिसर्च पोर्टकलको पालना गर्नुपर्ने समेत उनले बताए ।

चीनले तयार गरेको खोपको करिब एक दर्जन देशहरुमा तेस्रो चरणको परीक्षण भएरहेको छ । त्यस्तै रुसले पनि तेस्रो चरणको परीक्षण गरिरहेको छ । दबै देशहरुले नेपालमा तेस्रो चरणको परीक्षण गर्ने इच्छा जाहेर गरेका थिए । डा. ज्ञावालीका अनुसार त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएर परिषदको नेतृत्वमा परीक्षण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिकृया दिनुहोस्