News Portal

नेपालका आईएसपीमध्ये ‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडि, तिब्र गतिको इन्टरनेट उपलब्ध गराउँदै

डबली संवाददाता२०७७ भदौ ७ गते
३०८ पटक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.ले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आईपीभी सिक्सको प्रयोग शुरु गरेको छ । नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक भएको र विगत १ वर्ष अगाडिबाट परीक्षण गरिरहेको तथा हाल ३ महिनादेखि ग्राहकहरुलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको छ।

कम्पनीले अहिलेको अवस्थामा आफ्ना ८० प्रतिशतभन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी ६ मा आधारित रहेका डिभाइसहरुमार्फत उपलब्ध गराएको छ । इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरि सबै सेवाग्राहीहरुलाई कम्पनीले आईपीभी सिक्समा लानेगरि काम गरिरहेको कम्पनीले जनाएको छ ।

अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आईपी एड्रेस प्रयोग गरिरहेका छन् जुन आईपीभी ४ इन्टरनेट प्रोटोकल संस्करण ठेगाना हो जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ। यसले २^३२ आईपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आईपी एड्रेस भएका डिभाइसहरु मात्र समर्थन प्रदान गर्दछ। यो धेरै जस्तो देखिन्छ तर सबै ४.२ अर्ब आईपी ठेगानाहरू तोकिइसकेका छन् । अझ बुझ्ने भाषामा भन्दा सबै आईपीभी ४ ठेगानाहरु सकिईसकेका छन् ।

अबको डिभाइसहरु आईपीभी६मा आधारित हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आईपीभी६ प्रयोग गरीरहेको छ।

‘हामीले हाम्रो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागी आईपीभी ६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन्। ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा हामी सबैभन्दा धेरै आईपीभी ६ प्रयोग गर्ने कम्पनीमा अगाडि हौं । नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी ६ ले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ ।

आईपीभी ६ (इन्टर्नेट प्रोटोकोल संस्करण) इन्टर्नेट प्रोटोकलको छैठौं संशोधन हो र आईपीभी ४ को सफल उत्तराधिकारी हो। यसले आईपीभी ४ को जस्तै समान कार्य गर्दछ र यसले इन्टरनेट सपोर्ट उपकरणहरूसँग सम्पर्क गर्नको लागी अद्वितीय आईपी ठेगानाहरू प्रदान गर्दछ। आईपीभी ६ ले १२८ बिट इन्टरनेट ठेगानाहरू प्रयोग गर्दछ। तसर्थ, यसले २^१२८ इन्टरनेट ठेगानाहरू ३४०, २८२, ३६६, ९२०, ९३८, ४६३, ३७४, ६०७, ४३१ ७६८, २११, ४५६ लाई समर्थन गर्न सक्दछ।

त्यसैगरी आईपीभी ६ ठेगानाहरूको संख्या आईपीभी ४ ठेगानाहरूको संख्या भन्दा १०२८ गुणा ठूलो छ। त्यसैले त्यहाँ धेरै लामो समयको लागि इन्टरनेट उपकरणहरूको विस्तार गर्न अनुमति दिनका लागि अधिक आईपीभी ६ ठेगानाहरू उपलब्ध छन्। यहि विषयलाई ध्यानमा राखेर कम्पनीले आईपीभी सिक्समा आधारित भएर इन्टरनेट सेवा दिँदै आएको छ । जसले गर्दा क्लासिक टेकको इन्टरनेट सेवा निकै फास्ट र भरपर्दो भएको छ।

कम्पनी इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनी हुन सफल भएको जनाएको छ। प्रत्येक सिडिएन कन्टेन्ट डेलिभरी नेटवर्कलाई प्राथमिकता हुनेछ र आईपीभी ६ समावेश भएको हुन्छ।

यसले क्लासिक टेकका मूल्यवान र सेवाको केन्द्रमा रहेका ग्राहकहरूको लागि निम्न किसिमका मुख्य फाइदाहरू दिन्छ- थप एनएटी हुँदैन् (नेटवर्क एड्रेस ट्रान्सलेशन), स्वतः कन्फिगरेसन, अधिक निजी ठेगानामा समस्याहरु छैनन्, मल्टिकास्टको लागि उत्तम मार्ग (राउटिङ्ग),साधारण हेडर प्रारूप,सरलीकृत, अधिक कुशल मार्ग (राउटिङ्ग),साँच्चिकै उच्च गुणस्तरको सेवा, अंतर्निहित प्रमाणीकरण र गोपनीयता सपोर्ट,लचिलो विकल्प र विस्तार गर्न सकिने,सजिलो एडमिनिस्ट्रेसन (थप डिएचसिपी छैन), सेक्यूरिटी, गोपनीयता, प्रमाणिकरण र एकिकृत डाटा

प्रतिकृया दिनुहोस्