News Portal

राष्ट्रकवि घिमिरेको अत्यान्तै मार्मिक यी १० गीतले जो कोहिलाई माेहित पार्छ (अडियोमा सहित)

डबली संवाददाता २०७७ भदौ ३ गते
३८९ पटक

काठमान्डौं । हिजो मंगलबार राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ बर्षको उमेरमा बेलुकी ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भयो । आज उहाँको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिदैछ ।

घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो । उहाँ जन्मिएको ३ वर्षमा उनकी आमाको स्वर्गबास भयो । ६ वर्ष हुँदा खेरी बिद्यालय जान सुरु गरेको बनारस पुगेर आफ्नो अध्यान सकाएका थिए ।

पेशागत रुपमा उनले १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर सिर्जनामा प्रवेश गरे । पछि गोरखापत्रमै सह सम्पादक भएर काम गरे । उनि वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भई काम गरिरहेका थिए ।

उनले चर्चित राष्ट्रिय गीत गाउँछ गीत नेपाली, फूलको थुङ्गा बगेर गयो ,आजै र राति के देखेँ सपना जस्ता गित रचना गरेको छन् । उनको गितमा नारायण गोपाल र तारादेबिले कर्णप्रिय स्वर दिएको छन् ।

घिमिरेको शब्दले नेपाली साहित्यमा अत्यान्तै मार्मिक गितहरु लेखेको छन् । उनले नेपाली सांगीतिक क्षेत्रलाई पनि कर्णप्रिय गीतहरु दिएका छन् । गाउछ गित नेपाली, सारङी त रेटेपनि लगायतको गितहरु नेपाली जनजनमा जिब्रोमा छन् । थप घिमिरेद्धारा रचित गितहरु सुन्न यहा थिच्नुहाेस् ः

प्रतिकृया दिनुहोस्