News Portal

मन्त्रिको गाउँमा पर्ने लेते खोलाले दिएकाे दुखः बाटो कटाउन नसकेर बाटोमा यात्रु तथा सवारीचालकहरु रातभर बस्नु पर्छ

डबली संवाददाता २०७७ भदौं १ गते
१३६ पटक

काठमाडौँ । गल्िम उल्लिखोला नजिकैको स्थानमा पटक – पटक सडक अवरुध्द हुने गरेकोछ । विशेष गरी वर्षायाम शुरु भए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था जिर्ण भएकोले सवारी तथा यात्रीले सास्ती भोग्नुपरेको छ ।

रिडि रुद्रबेणी – वामी सडक अन्तर्गत पर्ने १ करोडको ठेक्का कार्य सम्पन्न नहुदा बाटोमा यात्रु तथा सवारीचालकहरु रातभर बस्नु पर्ने बाध्यता रहेको सडक डिभिजन कार्यालय, पाल्पाका इन्जिनियर राम बिहारी चौधरीले बताएको छन् । सडक निर्माणको लागि दधि पान्डेको रेसुङ्गा कन्ट्रक्सनलाई १ करोडको ठेक्का दिइएको छ तर काम सुरु हुन केहि समय लाग्ने तथापि पटक – पटक खोलाले दुख दिने उनले बताए ।

यसै सम्बन्धमा उक्त क्षेत्रमा चल्ने यात्रु तथा सवारीचालकले ” सडक डिभिजन तथा गाउपालिकाले उचित ध्यान नदिदा बेलाबेलामा आफ्नै खर्चमा डोजर लगाएको र कहिले रात भर पनि बाटोमै बिताउनु परेको  बताए ।

मुल सडक अन्तर्गतको डुवानमा परेको खण्डको निर्माणको काम ठेकेदार तथा सडकडिभिजन कार्यालय, पाल्पाको सहि समन्वय नहुदा अफ्ठ्यारोमा परेको हो । पहिले यो सडक मदन भण्डारी परियोजनाले हेर्ने गरेको र त्यसपछि शिवपुर गोह्रुसिंगे सडक डिभिजनले ठेक्काको केहि काम हेर्ने र अहिले पाल्पाले हेर्ने गरेकोले पुराना र नया योजना तथा ठेक्काको कामले सहिगति लिन नसकेको सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

त्यस्तै ढकालका अनुसार ठेकेदार दधि पाण्डेले उक्त क्षेत्रमा काम गर्ने ठेक्का पाएको तर वर्षा र कोभिड महामारीको कारण समय मै काम शुरु हुनसकेको छैन। साथै सडक डिभिजनले बाटोको नक्सांकन गरेपछि निर्माणको काम शुरु हुनेछ र तत्कालको लागि गाउपालिकाले नै सहायक सडकको मर्मत गरिरहेको छ ।

स्थानियका अनुसार यसै क्षेत्रका संघिय सांसद प्रदिप ज्ञवाली तथा प्रदेश सांसद सुदर्शन बराल दुबै मन्त्री पदमा रहेको भए पनि सडकको हालतयस्तो हुनु दुखद रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्