
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले नेपालको शिक्षा विभेदकारी भएको बताएका छन् । सामुदायीक र नीजि शिक्षा प्रणालीका कारण शिक्षा असमान भएको बताए । उनले शिक्षा असमान र विभेदकारी बनाउन सत्तारुढ (नेकपा)का नेताहरुको मुख्य हात भएको बताए ।
शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष रायमाझीले सत्तारुढ (नेकपा)का नेताहरुकै कारण शिक्षामा वर्गीय खाडल रहेको बताए रायमाझीले बताए । उनले ८६ प्रतिशत निजी तथा बोर्डिङ स्कूल (नेकपा)का नेताहरुका भएको बताउँदै अध्यक्ष रायमाझीले भने, “नेपालमा ८६ प्रतिशत विद्यालयहरु सत्ताधारी (नेकपा)को छन् भने बाँकी प्रतिपक्ष दलको विद्यालय गरी ९९ प्रतिशत विद्यालयहरु उनिहरुकै छन् । त्यसैले उनिहरु वर्गिय खाडल रहेका शिक्षा परिवर्तन गर्न चाहँदैनन् ।”
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझीले कोभिड –१९ बाट शिक्षा क्षेत्र अत्यन्तै प्रभावित भएको र अब पनि बेलैमा सरकारले यसबारे उल्लेखनिय रुपले चाँसो नदेखाए तहसनहसकै अवस्थामा जाने बताए । कोरोनाको बेलामा पनि अनलाईन तथा डिजीटल माध्यमबाट पढाउने कुराले झण्डै ८० प्रतिशत विद्यार्थी त्यसबाट बञ्चित हुने बताए ।
विभेदवकारी र अन्ययपूर्ण शिक्षा प्रणालीविरुद्ध आफ्नो संगठनले संघर्ष गर्दै आएको बताउँदै रायमाझीले निःशूल्क र समान शिक्षा हुनुपर्ने भन्दै विद्यार्थीका आवाजलाई सरकारले नसुनेको बताए । शिक्षामा दलालीकरण र माफियाकरणलाई राज्यले नै संरक्षण गरेको आरोप समेत रायमाझीले लगाए ।
