News Portal

नारायणी अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

डबली संवाददाता २०७७ साउन ३० गते
१४८ पटक

काठमाडौँ । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले दिएको जानकारी अनुसार बिहीबार राति अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ति सक्रमितहरु थपिएका हुन् ।

उनिहरु पर्साका २६, बाराका २० र महोत्तरीका ४ जना गरी जम्मा ५० जना थप सक्रमित भएको अस्पतालले बताएको छ ।

त्यस्तै उनिहरु १२ जना महिला र ३८ पुरुष रहेका छन् । २ वर्षका बालक देखि ६९ वर्षका वृद्धसम्ममा कोरोना संक्रमण देखिएको छ ।

तिनिहरु बाराको जितपुर सिमरा उप–महानगरपालिकाका विभिन्न वडाहरुका गरी १९ विश्रामपुर गाउँपालिका १, महोत्तरीको जलेश्वर नगरपालिकाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्सा जिल्लाको घर भएका नारायणी अस्पतालका कर्मचारी, स्विपर लगायत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै वीरगञ्जको पानीटंकी, घडीअर्वा, श्रीपुर, छपकैया लगायतका टोलहरुमा संक्रमित देखिएका छन् ।

यस्तै सिमरास्थित नेपाली सेनाका २८ वर्षीय सिपाहीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल भारत महा–बाणिज्य दूतावास वीरगञ्जका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्