News Portal

पहिरोले सिन्धुपाल्चोकमा १३ घर पुरिँदा ३५ जनाको ज्यान गयो, पछिल्लो अवस्था यस्तो छ

डबली संवाददाता२०७७ साउन ३० गते
१०३ पटक

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आएको पहिरोले १३ घर पुरिदा कम्तीमा ३५ जनाको ज्यना गएको प्रारभिक अनुमान छ । अहिले हेलिकोप्टेरबाट घाइतेहरु लाई उद्धार सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले बताएको छन् ।

त्यस्तै गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले दिएको जानकारी अनुसार १३ घरमध्ये ५ घरका परिवार सम्पर्क विहीन भएका छन् । अरु १५ जना सामान्य घाइते भएको छन् । पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले घटनास्थलमा नेपाली सेनाको टोली  पुगेको छ भने प्रहरीको टोली पनि जादै गरेकोे छ बताएका छन्् ।

त्यहाँ अझै पहिरोका कारण ३० घरहरु जोखिममा रहेका छन् । अहिले उद्धारको काम सुरु भएको छ । घर बिहान ६ बजे स्थानीय लामाटोलबाट आएको पहिरोले  पुरेको हो ।

पहिरोले घर पुरीएका मध्ये ५ घरपरिवारका कोही पनि सम्र्पकमा आएका छैन । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । केहि सुचनाको अधारमा त्यहा २२ घर पुरिएको हुन सक्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस्