News Portal

कालिकोटमा पहिरोमा परी ६ जनाको निधन, घटना स्थलमा प्रहरी परिचालित

डबली संवाददाता२०७७ साउन ३० गते
१२५ पटक

काठमाडौँ । गएराति देखिको परेको अविरल वर्षाका कारण गएराति साढे १२ बजेतिर कालिकोटको महावै गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको दुखद निधन भएको छ । पहिरोमा परी गाउँपालिकाका गाउँसभा सदस्य ढकबहादुर विष्टका दुई छोरा र दुई छोरी र उनका दाजु वीरबहादुर विष्टका दुई छोरीको ज्यान गएको गाउँपालिकाका प्रमुख नन्दबहादुर सिंहले जानकारी दिएको छन् ।

उनिहरु १९ वर्षीया शान्ति विष्ट, १० वर्षीया रेशा विष्ट, १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल सदरमुकामबाट झण्डै १८ कोस टाढा रहेको छ । ‘अहिले गाउँपालिकाका प्रमुख सिंह लगायतको टोली सदरमुकामबाट घटनास्थलतर्फ जादै गरेको खबर प्राप्त भएको छ । तर ठाउँ ठाउँमा पहिरो गएका कारण घटनास्थलमा पुग्न समय लाग्ने गाउँपालिकाका प्रमुख सिंहले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलका अनुसार उनीहरु सबै तिजको रमाइलो गर्न त्यहाँ जम्मा भएका थिए । घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जना बेपत्ता छन् ।

त्यस्तै अहिले महावैमा घटना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।

प्रतिकृया दिनुहोस्