News Portal

त्रिविले गर्यो परीक्षा स्थगित, पछि परीक्षा गर्ने नगर्ने जिम्मा डीन कार्यालयलाई

डबली संवाददाता२०७७ साउन २९ गते
१३१ पटक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले िदएकाे जानकारी अनुसार विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको बताएको छ ।

त्यसैबिच अब हुने परीक्षाको “कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएको र सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने परीक्षा नियन्त्रक जोशीले बताए ।

यसअघि त्रिविले सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने भनेपछि भदौ दास्रो साताबाट परीक्षा सञ्चालन गर्ने लगायत शैक्षिक कार्यक्रम अगाडि बढाउने तयारी गरिएको थियो ।

तर कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरे सगै तत्कालका लागि अर्को सुचना नआए सम्मको लागी परीक्षा लगायत सबै त्रियाकलाप स्थगित गरेको विश्वविद्यालयले जनाएको छ ।

यसैबिच परीक्षा नियन्त्रक जोशीका अनुसार विश्वविद्यालयल बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको जनाएको छ ।  उक्त परिक्षाहरु बन्दाबन्दी हुनु अगाडि नै सम्पन्न भएका थिए ।

अहिले फेरि सङ्क्रमण बढिरहेको बताउदै त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने  परीक्षा नियन्त्रक जोशीले बताए ।

प्रतिकृया दिनुहोस्