
काठमाडाै । लामो समय देखि कोरोनाका कारण हुन नसकेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)को परिक्षा भदौ दोस्रो साताबाट हुने भनिएको परीक्षा स्थगित गरेको छ ।
सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईलका अनुसार सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको हो । प्रवक्ता भट्टराई ले परीक्षाको अर्को तालिका कारोना को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने बताए ।
सीटीईभीटीले भदौ १ गतेबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय स्थगित परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको थियो ।
यसैबिच केहि दिन अघि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले एउटा अन्तरवार्तामा बोल्दै कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । परिक्षा सम्बन्धमा भने केही भनेको छैनन् ।
यता बिध्यार्थिहरु चैत बैशाखमा हुने परिक्षा कोरोना त छ्दै छ,परिक्षाको निर्णय बेलैमा नभएर पनि मानसिक तनाब हुन थालेको प्रति चिन्तित छन् । सरकारको कुनै निर्णय आएन तनाब थपिदै गयो अब परिक्षा कसरी दिने भनेर दोधारमा छन ्। भने बिध्यार्थि संगठनबाट आन्दोलन पनि भएका छन् भने कतिले निर्णय गर्न नसक्ने शिक्षा मन्त्रि भन्दै राजिनामा माग गरेको छन् ।
आधिकारिक सुचना हेर्न यहाँ थिच्नु होस् ः Notice-2077-04-29 ctevt
#CTEVT #STUDENTS
