News Portal

कोराना सक्रमण भई उपचाररत भारतका पूर्वराष्ट्रपति मुखर्जीको रक्तसन्चारमा समस्या, अवस्था स्थिर

डबली संवाददाता२०७७ साउन २९ गते
२७१ पटक

काठमाडांै । कोराना सक्रमण भई उपचाररत भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था स्थिर रहेको र उहाको रक्तसन्चारमा समस्या आएको मुखर्जीका छोरा अभिजितले ट्वीट गर्दै जानकारी दिएको छन् । उनले वुवा जिबितै रहेको बताउदै ट्वीटमा लेखेका छन् “मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ ।”

त्यस्तैगरी मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, “मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ । ”

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनमा मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचाररत मुखर्जीको केही दिनदेखि देखि स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको अस्पतालले जनाएको थियो ।

हिन्दुस्तान टाइम्सले भने दिल्ली स्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।

पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमण तीव्र बढिरहेको छ यसैबिच अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । उनि अन्य प्रयोजनको लागी अस्पताल गएको बेला परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । त्यस पछि उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना जाँच गराउन तथा आइसोलेसनमा आग्रह गरेका थिए । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रतिकृया दिनुहोस्