News Portal

२ दिन देखि सम्पर्कविहीन कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको सिस्नेरीमा शव फेला

डबली संवाददाता२०७७ साउन २८ गते
१९३ पटक

काठमाडांै । दुई दिनदेखि सम्पर्कविहीन कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको मकवानपुरको सिस्नेरीमा शव फेला परेको छ । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका उनको शव मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरी स्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिएका छन् । त्यस्तै हाल शव हेटौंडा अस्पतालमा रहेको पनि उनले बताएको छन्।

ईकान्तिपुरले प्रकाशित गरेको समाचार अनुसार बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको थियो । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

समाचारमा उल्ल्ेख छ एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

त्यस्तै बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् । कोभिड १९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिक लगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेको कान्तिपुरमा प्रकाशित समाचारमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्