News Portal

कोरोनाले डर लाग्दो रुप लिदै, स्वास्थ्य मन्त्रालयकै ४ जना कर्मचारी संक्रमित भए

डबली संवाददाता२०७७ साउन २५ गते
९६ पटक

काठमाडांै । नेपालमा पछिल्लो समय कोरानाको डर लाग्दो अवस्था भएको छ । आज कोरानाबारे जानकारी दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वव्यापी कोरोना महामारीका विषयमा सचेत हुन र सावधानी अपनाउन आग्रह गर्दै आएको मन्त्रालयका कर्मचारीहरु नै आफै संक्रमित भएपछि कोरोनाले डर लाग्दो रुप आंकलन गर्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयको एक अधिकारीले जानकारी दिएको जानकारी अनुसार शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छन् । एक जना भने मन्त्रालयकै एक ड्राइभर रहेका छन् । संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । अन्यको पनि नमूना लिने तयारीमा मन्त्रालय रहेको छ।
हिजो मात्र काठमाडौंको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो । त्यस पछि परीक्षणका क्रममा उनका परिवारसहित पाँचजनाका संक्रमण देखिएको थियो । त्यस्तै घरबेटीलाई समेत संक्रमण भएको पाइएको थियो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण भेटिएको थियो ।अहिले उक्त टोललाई सिल गरिएको छ ।

प्रतिकृया दिनुहोस्