
काठमाडांै । पाल्पा जिल्ला जल्पा गाविस–५ का किशोर न्यौपानेको अपहरण भएको ९ बर्ष भएको छ । स्थानिय जनता माविमा कक्षा ११ मा पढ्ने उनि साथीको घरमा जान निस्केका बेला अपहरणमा परेका थिए ।
तर अहिले सम्म छोराको न सास भेटियो न लास भेटिएको गुनासो किसोरको वुवा रामप्रसाद न्यौपानेका गदैछन् । अपहरण २०६८ साल साउन २२ गते दिउसो ४ बजे तीर भएको उनले बताए ।
त्यसको दुई दिन पछि न्यौपानेका आमा नुन कुमारी न्यौपानेलाई छोराको फोनबाट रु एक करोड फिरौती मागेको न्यौपानेका बुबा रामप्रसाद न्यौपानेको भनाइ छ ।
प्रहरीले अनुसन्धान त गर्यो तर अनुसन्धान केबल अनुसन्धानमा मात्रै सिमित भयो । प्रहरीले परिवारलाई दशैँमा घरै आउने आस समेत देखायो तर अहँ किशोर फर्केर आएनन् ।
किशोरका बुवा राम प्रसाद न्यौपानेले किशोर अपहरणका प्रमाणहरु आफूसँगै बोकेर हिडेको सरोकारवाला निकायहरुलाई देखाएको तर छोराको खोजीका लागि कही कतैबाट सुनुवाई समेत नभएको उनको भनाई छ । अपहरणको ९ बर्ष भै सक्दा पनि सत्यतथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
