News Portal

नायिका पुजा शर्मा यस्तो गुनासो सहित मिडियामा आईन

डबली संवाददाता२०७७ साउन २५ गते
२०७ पटक

काठमाडांै । नेपाली सिनेमा जगतमा राम्रो नाम कमाएकी नायिका पुजा शर्मा गुनासो सहित मिडियामा आएकी छन् । नायिका पुजा शर्माले मिडियाले गरेको ब्याबाहार प्रति आफ्नो गुनासो पोखेकी छन् ।

उनि लेख्छिन कतिचूप रहने ? कति सहने ? प्राइम टिभिमा अन्तर्वार्तामा बोलाइयो गएँ । सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो । ईन्टरभ्यु चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजी लाई मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएन । त्यो चिज प्रसारण भयो भाईरल भयो मेरो थुप्रै ट्रोलहरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे ।

पछि जब प्रकाशजी एपिवान जानु भो मलाइ पुन ईन्टरभ्युमा मा आउ पुजा भनेर भन्नु भो, म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ? म त्रसित पनि थिए ,तसैले मैले सरी दाइ म आउन सक्दिन भने , तर त्यसपछि उहा‘ले आफ्नो कार्यक्रम मा मलाइ लक्षित गरेर “ दारा निस्केको, महानायिका” भनेर शारिरिक हाउभाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर छोड्नु भएन , के एक पत्रकारले यस्तो अशिष्ट ,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?

यसअघि नायिका प्राइम टाइम टेलिभिजनमा प्रकाश सुवेदीको ‘रजतपट अंकल’मा कुराकानी गर्ने क्रममा पुजालाई सोधिएका सामान्य प्रश्नहरुको उत्तर समेत दिन सकेकी िथइनन् । पूर्वसञ्चारकर्मी समेत रहेकी पुजालाई कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले नेपालका बतर्मान तीन जना नेताहरु र देशको भौगोलिक अवस्थाका बारेमा आउट अफ ट्रयाक सोधेका थिए । नायिका पुजाले एउटै मिलाउन सकिनन् । यसै बिषयलाई लिएर उनि भाईरल बनेकी थिईन् ।

प्रतिकृया दिनुहोस्