News Portal

कारोनाबाट शनिबार थप ३ जनाको ज्यान गएको पुष्टि, थपिए ३७८ जना संक्रमित

डबली संवाददाता२०७७ साउन २४ गते
९९ पटक

काठमाण्डौं । आज ( शनिबार ) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जनकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा विभिन्न जिल्लाका गरी थप ३७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ जनाको ज्यान गए सगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको जम्मा सख्या ७३ पुगेको छ । आज पर्सा, मोरंग र काठमाडौंमा एक, एक जनाको ज्यान गएको हो ।

त्यस्तैै गरी काठमाडौं उपत्यकामा आज ६२ जना कोरोना संक्रमित थपिएका छन् । विहान काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको गरेको छ । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको हो । यसअघि महाबौद्ध-टेकुलगायतका क्षेत्र पनि सिल गर्ने तयारी प्रशासनले गरेको थियो ।

कोभिड(१९ पुष्टि भएका देशभरका व्यक्तिहरूको कुल सङ्ख्या २२, ५९२ पुगेको छ । तीमध्ये ६,२०६ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३१३ जना भाइरसमुक्त भएका छन् मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टामा थप ४९९ जनाले कोरोना भाईरस मुक्त भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

आजको लगायत कोरोना भाईरस भएर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । तर नेपालमा पछिल्ला दिनमा कोरोनालाई निको भएर घर फर्किनेको संख्या बढ्दै गए पनि समुदायस्तरमा कोरोना संक्रमण फैलन थालेको आशंका गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्