News Portal

पीडित प्राध्यापकहरुले त्रिचन्द्रमा बुझाए सात बँुदे मागपत्र

डबली संवाददाता२०७७ साउन २४ गते
३६७ पटक

काठमाण्डौं । त्रिचन्द्र बहुमुखी क्याम्पसका पीडित प्राध्यापकहरुले बुधबार सात बुँदे मागसहित क्याम्पस प्रमुखलाई बुझाएका छन् । आंशिक प्राध्यापक संघ त्रिचन्द्र क्याम्पस इकाई संघर्ष समितिले सयौं प्राध्यापकहरुलाई सम्बन्धित निकायले माग सम्बोधन नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

विगत लामो समयदेखि आंशिक प्राध्यापकहरुलाई करारमा लग्ने सम्झौता सरकारसँग भएको तर त्रिवि र शिक्षा मन्त्रालयले सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेकाले कोरोनाको बेला प्राध्यापकहरु झन् मारमा परेको उल्लेख गरेको छ ।

पीडित प्राध्यापकहरुले मिती २०७६चैत्र ३ मा पेश भई यस क्याम्पसको व्यवस्थापन सञ्चालक समितीबाट पारित भई उपकुलपतिज्यूको कार्यालयसम्म पेश भईसकेको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्न माग गरेको छन् ।

त्यस्तै सम्पूर्ण आंशिक प्राध्यापकहरुले कोभिड १९ को बेलाको (बन्दाबन्दी) को समयको हाजिर गर्न पाउनु पर्ने, सम्पूर्ण आंशिक प्राध्यापकहरुले शैक्षिक सत्र २०७७÷७८ को हाजिर पुस्तिकामा आफ्नो कक्षाभार अनुरुप हाजिर गरि सेवा निरन्तर गर्न पाउनु मागहरु राखेको छन् ।

त्यस्तै गरी २०७६साउन १० गते पछिको सम्पुर्ण प्राध्यापकहरुको नयाँ नियुक्ति खारेज गर्न र बाहिरका शिक्षकहरुलाई कुनैपनि प्रकारको सरुवा गराएर नल्याउन माग गरेको छन् ।

त्यसै गरी सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु एकैसाथ सञ्चालन गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालय मापदण्ड विपरित कुनैपनि सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरुमा विद्यार्थी संख्या बढी नराख्न मागपत्रमा उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्