News Portal

३ दिन सम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

डबली संवाददाता२०७७ साउन २४ गते
१५८ पटक

काठमान्डौं । नेपालमा शनिवार देखि ३ दिन सम्म देशका केहि भुभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष निरन्तर वर्षा भइरहेको र फेरि केहि दिन यता मनसुन सक्रिय हुने र देशको केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको ’ मौसमविद् शान्ति कँडेलले बताएको छन् ।

मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी हुने सम्भावना छ । शनिवार रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकालेसतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरिएको छ ।

अहिले प्रदेश नम्बर २ मा र प्रदेश नम्बर ५ त्यस्तै बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेकोले छ । त्यस्तै रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले २–३ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले भनेको छ ।

यो समयमा देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्