News Portal

कोरोनाले थला परेको भारतमा अर्को आपतः १९० यात्रु बोकेको विमान दुर्घटना, पाइलटसहित १७ को ज्यान गयो

डबली संवाददाता२०७७ साउन २४ गते
१०९ पटक

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थला पर्दै गएको भारतमा १९० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ शुक्रबार साँझ भारत केरलको कोझिकोडमा दुर्घटना भएको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार दुबईबाट केरल आएको विमान कोझिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको थियो । भारी बर्षा भइरहेकै बेला विमान अवतरण गर्न खोज्दा दुर्घटना भएको बताइएको छ ।

विमान दुर्घटनामा परी पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । बाँकी यात्रुको उद्दार गरिएको छ । अधिकांश यात्रु घाइते छन् । विमानमा चालक दलका सदस्यसहित २ सय जना रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय नागरिक उड्डययन प्राधिकरणले दुर्घटनामा परी विमान दुई टुक्रा भएको छ ।

प्रतिकृया दिनुहोस्