News Portal

कोभिड अस्पतालमा आगलागी हुदा ८ जनाको ज्यान गयो

डबली संवाददाता २०७७ साउन २२ गते
१२० पटक

काठमाडांै । भारत गुजरातको कोभिड बिरामिहरु उपचाररत श्रेया अस्पतालमा आगलागी हुदा ८ जनाको ज्यान गएको छ । घटनामा उपचाररत कोभिड १९ सक्रमित पाँच पुरुष र तीन महिलाको ज्यान गएको हो । अस्पतालमा बिहान सबेरै आईसीयूमा आगो लाग्यो त्यसपछि आगो अन्य वार्डमा फैलिएर घटना भएको प्रहरीले बताएको छ ।

अस्पतलामा कोभिड रोगीका लागि ५० शय्या छन् । दुर्घटना हुँदा ४५ रोगी भर्ना भएका ति मध्य ४१ रोगीहरूलाई सरदार वल्लभ भाई पटेल अस्पतालमा सारिएको छ । शरीरहरूलाई पोस्टमार्टमका लागि पठाइएको स्रोतले बताएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार, प्रहरी र फायर ब्रिगेडका कर्मचारीहरूले रोगीहरूलाई अर्को वार्डमा सारेका थिए । ति मध्य मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
त्यस्तै रोगीहरूका परिवारका सदस्यले प्रहरी तथा फायर ब्रिगेडलाई अस्पताल व्यवस्थापनले ढिलो गरी मात्र आगलागीको जानकारी दिएको आरोप लगाएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मारिएका मानिसको परिवारलाई २–२ लाख भारु दिने घोषणा गरेका छन् । घाइते भएकाहरूलाई ५० हजार भारु दिने भनेका छन् । त्यसै गरी मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्ने आदेश दिएका छन् ।

प्रतिकृया दिनुहोस्