
काठमाडांै । कोभिड १९ को भ्याक्सिन विरुद्धको खोप अमेरिकाका संक्रमण रोग बिशेषज्ञ डा.एन्थोनी फाउजीले सन् २०२१ को अन्त सम्ममा खोपको करौडौं डोज तयार हुने बताएका छन् । सिएनएन संग कुरा गर्दै डा.फाउजीले यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका अघि नै खोप तयार गर्न बैज्ञानिकरुहलाई दबाब दिइरहेको बेला डा.फाउजीको यस्तो धारण आएको हो ।
त्यस्तै डा.फाउजीले बैज्ञानिहरु कोभिड १९ को भ्याक्सिन विरुद्धको खोपमा कुनै राजनीतिक दबाबमा नरहने पनि बताएका छन् ।
कोरोनो भाइरसका कारण अमेरिकामा हालसम्म १ लाख ६१ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४९ लाख ७३ हजार नाघेको स्मरण गराउदै कोरोनाको महामारी झेल्न अमेरिकाले जति कुनै देशले पनि नसक्ने दाबी फाउजीको छ ।
तर राष्ट्रपति ट्रम्प यो मान्न तयार नभएको प्रति भने डा. फाउजीको गुनासो रहेको बताएका छन् ।
