News Portal

कोरोनाका कारण सप्तरीमा थप एक जनाको ज्यान गयो, मृतकको संख्या ६४ पुग्यो

डबली संवाददाता२०७७ साउन २२ गते
९५ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा ६४ जनाको ज्यान गएको छ । पर्सामा थप एक जनाको ज्यान गएको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

बुधबार पर्सा र मोरङमा दुई दुई जना र काठमाडौँमा एक जनाको ज्यान गएको पुष्टि भएको थियो । त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार सप्तरीको रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ । उनी करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका थिए ।

होम क्वारेन्टिनमै भएको बेला मंगलबार साँझ एक्कासी ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो । त्यो उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो । तर, बाटोमै उनको निधन भयो । ज्यान गएपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

अब सप्तरीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि राजविराज ६ निवासी ७२ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको थिषे । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

यसअघि बुधबार पाँच जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको थियो । पर्सा, मोरङ र काठमाडौँमा गरी पाँच जनाको ज्यान गएको बुधबार पुष्टि भएको थियो । पर्सा र मोरङमा दुई दुई जना र काठमाडौँमा एक जना गरी पाँच जनाको ज्यान गएको थियो ।।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार पर्साको वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको ज्यान गएको छ । मृतक पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । उन मधुमेहका बिरामी भएको बताइएको छ । साउन १८ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
साउन २० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार नभएको अस्पतालले बताएको छ ।

त्यस्तै, साउन १९ गते ज्यान गुमाएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।पोखरिया–८ जगतपुर घर भएकी ती युवतीमा कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी बिरामी हजुरआमाको स्याहारका लागि पोखरिया–९ सिमरवारी स्थित मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

बुधबार मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा निधन भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै ज्यान गएका रंगेली नगरपालिकाका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे ज्यान गएको थियो । कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी काठमाडौँस्थित बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमित महिलाको पनि ज्यान गएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएर उपचाररत थिइन् । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनमा साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

 

प्रतिकृया दिनुहोस्