
काठमाडांै । चीनको सन्चार माध्यम सिना समाचारका अनुसार आइतबार सलह चिनको दक्षिण पश्चिम युनान प्रान्त सम्म पुगेको छ । सलहले चिनमा १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको समचारमा उल्लेख छ ।
त्यस्तै त्यहाका स्थानीय अधिकारीहरुले बताए अनुसार सलहले युनानका नौ वटा जिल्लाकाे बालीमा व्यापक क्षति गरेका छन् ।
बिज्ञहरुका अनुसार चिनमा पसेको सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ ।
स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छकिरहेको बताएका छन । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।
मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ । बिभिन्न उपायहरु द्धारा चीनमा सलह नियन्त्रणमा चिनिया बिज्ञहरु लागि परेको छन् ।
नेपालमा पनि सबैभन्दा पहिले बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको थियो । त्यस पछि नेपालको केही भुभागमा यसले बालिनाली नस्ट गरेको थियो र सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन
