News Portal

थामिएन कोरोना सक्रमण ः डाक्टर, स्वास्थ्यकमी, सेना, सञ्चारकर्मी लगायत थप ३४ जना कोरोना संक्रमित

डबली संवाददाता२०७७ साउन २० गते
२६८ पटक

काठमाडांै । आज फेरी नयाँ संक्रमितमा २ जना डाक्टर, ४ स्वास्थ्यकर्मी, ३ शव व्यवस्थापन गर्न खटीएका सेना र १ जना सञ्चारकर्मी लगायत वीरगञ्जमा ३४ जना कोरोना संक्रमित थापिएका छन् ।

सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । संक्रमितहरु बारा, सर्लाही र सुर्खेतका रहेका छन् ।

सक्रमितहरु ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई जनामा पनि कोरोना देखिएको नारायणी अस्पतलका फिजिसियन डा.निरजकुमार बताएका छन् ।

तिनिहरुको कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बाराका दुई संक्रमित कलैया र फेटा ४ का बासिन्दा भएको पनि जानकारी अस्पतालले दिएको छ । पर्साको पोखरिया नगरपालिका २ का तीन जनामा समेत कोरोना देखिएको छ ।

दुई चिकित्सक संक्रमितहरु नेसनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालका हुन् । आर्मी ब्यारेकका थप ३ जना सेनाका जवानमा समेत कोरोना पुष्टि भएको छ । अन्य १५ जना संक्रमित वीरगन्ज महानगरपालिका विभिन्न वडाका बासिन्दा हुन् । स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा पनि कोरोना देखिएको छ ।

प्रतिकृया दिनुहोस्