News Portal

उपत्यकामा ५१ सहित देशभर थप ४१८ जनामा कोरोना संक्रमण

डबली संवाददाता२०७७ साउन १९ गते
९७ पटक

काठमान्डौं । आज सोमबार नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ । आज उपत्यकामा मात्र ५१ सहित देशभर थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका बताएका छन् ।

आज काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित विभिन्न जिल्लाका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको प्रवक्ता डा. गौतमले बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ५८ जना डिस्चार्ज भएका छन् । हाल सम्म निको हुनेहरुको कुल संख्या १४ हजार ९ सय ६१ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार १० हजार ४५२ जना क्वारेन्टिनमा छन् भने ५ हजार ७३२ जना आइसोलेशनमा रहेका छन् ।

हाल गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना हुनेको सङ्ख्या सर्वाधिक छ । त्यस्तै रौतहट र कैलाली जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । तर भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा भने सक्रिय सङ्क्रितको सङ्ख्या शून्यमा रहेको छ ।

त्यसै गरी हाल सम्म नेपालमा ५ हजार ७३२ सक्रिय संक्रमित रहेका छन् । हाल सम्म ३ लाख ९८ हजार ९०७ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्