News Portal

लकडाउन अन्तको दुई हप्ता नबित्दै फेरि लकडाउनको तयारी

डबली संवाददाता२०७७ साउन १९ गते
१३८ पटक

काठमान्डौं । नेपालमा साउन ७ गते बाट लकडाउन अन्तको घोषणा भएको थियो । तर कोरोना महामारी झनझन बढ्न थालेपछि त्यसको दुई हप्ता नबित्दै सरकार फेरि लकडाउनको तयारीमा लागेको छ । यसका लागि विज्ञहरुसँग सरकारले परामर्श थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । यसैलाई सरकारले फेरि लकडाउनको तयारीका रुपमा लिइएको छ ।

नेपालमा मृतक संख्या ५७ पुगेको छ भने कोरोना भाइरसको संक्रमित संख्या २० हजार नाघिसकेको छ । तर, पछिल्लो समय समुदायमै संक्रमण निकै फैलिइरहेको छ ।  स्रोतले दिएको जानकारी अनुसार नेपालमा कोरोनाको अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले तत्काल स्थिति अनियन्त्रित हुन नदिन कम्तिमा दुई हप्ता लकडाउन गर्ने सुझाव अगाडि बढाएको छ ।

त्यस्तै समुदायमा समेत कोरोना फैलिसकेको अवस्था छ । नेपालमा पछिल्लो समय कोरोना भाइरस लक्षणसहितको र खतरनाक देखिएको छ । मुख्य शहरहरुमा आइशोलेशन र भ्यान्टिलेटरको अभाव देखिन थालेको छ । अवस्थालाई दृष्टिगत गरी वीरगञ्जमा निषेधाज्ञा नै जारी गरिएको छ । विराटनगरमा लकडाउन छ ।

त्यसै गरी कतिपय शहरहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताइसकेका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन पनि भनेका छन् । त्यस्तै फेरी सरकारले छिट्टै सवारीमा जोर बिजोर प्रणाली लागू गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ ।

प्रतिकृया दिनुहोस्