News Portal

‘मेरो सेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट पनि गर्न सकिने

डबली संवाददाता२०७७ साउन १९ गते
१४५ पटक

काठमान्डौं । सेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले‘ मेरो सेयर’ एकाउन्ट नविकरण अब इसेवाबाट पनि गर्न सक्ने इसेवाफोन पे प्रा.लिले जानकारी दिएको छ ।

इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनका अनुसार यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो । यो सँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्ता लाई मुक्ति मिलेको छ ।

लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नविकरण गर्न सक्ने छन् । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने प्रा.लिको सूचनातथा सञ्चार शाखाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्