News Portal

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी

डबली संवाददाता२०७७ साउन १९ गते
१०४ पटक

काठमाडांै । १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र अथवा ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले जारी गर्ने भएको छ ।

बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरीको आज सोमबार दिउसों बोलकबोल हुदै छ भने मंगलबार जारी हुने बैकको सुचनामा उल्लेख छ । त्यसै गरी यो ट्रेजरी २०७७ साल कार्तिक १६ गते परिपक्क हुने छ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्कने छन् ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

प्रतिकृया दिनुहोस्