News Portal

पत्रकार र प्रहरीसहित पर्सामा थप ३५ जनामा कोराना सक्रमण

डबली संवाददाता२०७७ साउन १९ गते
११७ पटक

काठमाडौं । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पीसीआर परीक्षणमा वीरगन्ज निवासी एकजना पत्रकार र तीनजना प्रहरीसमेत गरी थप ३५ जनमा कोरोना सक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङ र बाँकी अन्य माध्यमबाट परीक्षण गर्दा पोजिटिभ भेटिएको नारायणी अस्पताल मेसु डा. मदन उपाध्यायले बताउनु भयो ।

त्यसै गरी उनका अनुसार ३५ जना संक्रमितमध्ये १९ जना वीरगन्जको श्रीपुर निवासी हन भने अन्य पर्सा जिल्लाको बिभिन्न क्षेत्रको हुन् ।

त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सा मै आइतबार थप एकजनाको ज्यान गएको पुष्टि गरेको थियो ।
त्यस्तै कोरोना समुदायमा पुगेसँगै बाँके, पर्सा र जनकपुरमा पुनः लकडाउन लगाइएको छ । स्थानीय प्रसाशनले सोमबारबाट लागु हुने गरी पर्सा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बसेको बैठकले पर्सामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान ५ बजेबाट लागु हुने गरी निषेधज्ञा गर्ने निर्णय गरेको हो । यस्तै भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन निषेध गरिएको छ । यो नाकाबन्दको अवस्था हो ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण फैलिएसँगै उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिए ।

साथै, सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्