News Portal

बिना तयारी भदौमा परीक्षा लिने निर्णय बिरुद्ध विद्यार्थीले गरे प्रदर्शन

डबली संवाददाता२०७७ साउन १८ गते
१५६ पटक

काठमान्डौं ।  विद्यालयहरुले बिना तयारी भदौमा परीक्षा लिने निर्णयको गरेको भन्दै रुपन्देहीको बुटवलमा  प्रर्दशन  गरेको छन् । कक्षा ११ र १२ मा अध्यानरत विद्यार्थीहरुको समुह रुपन्देहि बिध्यार्थिले प्रर्दशन गरेको हो । कोरोना र लकडाउनका कारण तितरवितर भएका विद्यार्थीलाई बिना तयारी परिक्षा लिन उपयुक्त नहुने विद्यार्थी संयोजक मन्दिल खनालले बताउनु भयो ।

त्यस्तै बुटवलको पुष्पलाल पार्कबाट विरोध ¥याली बजार परिक्रमा गर्दै निस्केको थियो । हरेक बिध्यार्थिको हात हातमा प्ले कार्ड थिए, प्ले कार्डमा विद्यार्थीहरुले परीक्षासँग डराएको होइन तर कोरोनाको भयले परीक्षा दिने अवस्था छैन, दुर्गमका विद्यार्थीलाई हेरेर निर्णय गरौं, शिक्षामा बेवास्ता नगरौं, परीक्षालाई मजाक नबनाऔं जस्ता नारा लप्लेकार्ड छोपेका थिए । राजमार्ग चौराहमा कोणसभा भएको थियो ।

त्यस्तै परिक्षामा सामेल हुन समस्या हुने भएकाले विरोधमा उत्रिएको बिध्र्याथिहरुले बताको छन । उनले स्थानीय तह, हिसान लगायतका संघसस्थामार्फत पनि विना सावधानी भदौमा परिक्षा लिने सरकारी निर्णय सच्चाउन माग गरेको पनि बताएका छन् ।

केही दिन अगाडि मात्र सरकारले भदै १ गते देखि भर्ना सन्चालन गर्न सक्ने निणर्य गरे सगै बिभिन्न बिध्यालय तथा बिश्वबिध्यालयहरुले भर्ना गर्न अनुरोध गरेका छन् । त्यस्तै कोरोनाका कारण रोकिएका परिक्षहरु गराउन तथा परिक्षा तालिका समेत सार्वजनिक गरिसकेको छन् ।

प्रतिकृया दिनुहोस्