News Portal

सभामुख निवासका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण, सभामुखको रिपोर्ट आउन बाँकी

डबली संवाददाता२०७७ साउन १७ गते
८४ पटक

काठमाडौँ । पछिल्लो पटक तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस सांसददेखि मन्त्रालयका सचिवसम्म पुगिसकेको छ । नेपालमा संक्रमितको संख्या तेस्रो अंकमा उक्लिएको छ भने ज्यान गुमाउनको संख्या पनि ५६ पुगेको छ ।

यसैबीच प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा पनि कोरोना पुगेको छ । बालुवाटारस्थित सभामुखको निवासको एक कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन गरिएको छ । ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

यसअघि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा कोरोना पुष्टि भएको छ । नगर प्रमुख बिजय कुमार सरावगीलाई कोरोना पुष्टि भएको हो ।

हल्का ज्वरो आउन थालेपछि राजधानीको टेकु अस्पतालमा हिजो गरिएको स्वाब परिक्षणमा कारोना पोजेटिभ देखिएको हो । हल्का ज्वरो वाहेक अरु सबै स्थास्थ्य अवस्था समान्य रहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

नगर प्रमुख सरावगीले समाजिक सञ्जालमा आफु कारोना संक्रमित भएको र सबै नगरवासीलाई सावाधान रहन आग्रह गर्नुभएको छ । उनको कक आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

यसैबीच भारतमा एकै दिन ५७ हजार भन्दा बढी कोरोनावाट संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जनामा संक्रमित हुँदा ७ सय ६४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमित राज्यमध्ये तेस्रोमा आंध्र प्रदेश परेको छ ।

शुक्रबार मात्रै आन्ध्र प्रदेशमा १० हजार ३ सय ७६ नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी महाराष्ट्रमा थप १० हजार ३ सय २० जना संक्रमित भएका छन् । यो संगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ भने ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्