
काठमान्डौं । अमेरिकाले केहि समय अगाडि कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागाए सगै अब टिकटकमा पनि प्रतिबन्ध लगाउन सक्ने तयारी गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषण गरेका छन ।
उनले भनेका छन् हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाउन पनि सक्छ । ट्रम्पले शुक्रवार सो कुराको जानकारी दिएका हुन् ।
यसै गरि ट्रम्पले भने ‘हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।’
त्यस्तै यस अघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाइ सार्वजनिक गरेका थिए ।
अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमा प्रतिबन्ध लगाउने घोषणा गरे सगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार माध्यमाले महत्वका साथ प्रकासित गरेका छन् ।
