News Portal

पीसीआर परीक्षणको माग गर्दा प्रहरीको लाठी

डबली संवाददाता२०७७ साउन १६ गते
१०९ पटक

काठमाडौँ । प्रहरीले बालुवाटरअघि शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुमाथि धरपकड गरेको छ । पीसीआर परीक्षण गर्नु पर्ने लगायतका माग राख्दै गरिएको प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण गर्नुपर्ने माग राखेर शुक्रबार ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरेको थियो ।

विवेकशील पार्टिकी नेतृ रन्जु दर्शना, सुदन गुरुङ, आलोक सुवेदी, सुधन मानन्धर, शशिविक्रम कार्की, वृतान्त खनाल, सौरभ न्यौपानेलगायत ५२ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको अभियानले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बालुवाटारमा निषेधित क्षेत्र तोेडेर प्रदर्शन गर्न लागेपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको बताएका छन् । एसएसपी ज्ञवालीका अनुसार पक्राउ परेका ५२ जनालाई मालीगाउँ प्रहरी वृत्त, नेपाल पुलिस क्लब, महाराजगन्जलगायतका प्रहरी प्रभागमा राखिएको छ ।

अभियानका सदस्यहरु सरकारको लापरबाहीविरुद्ध अनसनसमेत बसिरहेका छन् । सूचनाको हकसम्बन्धी निवेदन दिन सिंहदरबार पुगेका अभियन्ताहरुलाई पनि बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्