News Portal

न्यायाधीशदेखि सचिवमाथि कोरोनाको हमला, २५० जना प्रहरीमा कोरोना संक्रमण

डबली संवाददाता
१६५ पटक

काठमाडौँ । नेपालका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीक कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि अदालतका कामकारवाही प्रभावित भएका छन् । निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गरेको उच्च अदालत जनकपुरले गरेको छ ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच सिंहदरबारमा कोरोना प्रवेश गरेको आशंका गरिएको छ । शहरी विकास मन्त्रालयका सचिवलाई कोरोना संक्रमण भएको आशंका गरिएसँगै सिंहदरबार कोरोना पसेको आशंका गरिएको हो ।

सचिवलाई कोरोना संक्रमण भएको आशंका गरिएसँगै संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । समितिकी सभापति कल्याणी खड्काका अनुसार आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको हो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छैन । सचिव केही दिन आइसोलेसनमा बस्नुपर्ने हुन सक्ने भन्दै बैठक स्थगित गरिएको खड्काले बताइन् ।
सचिवलाई कोरोना संक्रमण हल्ला चलेसँगै मन्त्रालयका अन्य कर्मचारीहरु त्रसित बनेका छन् ।

यसैबीच प्रहरी प्रधान कार्यालय थप २८ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको हो । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयकासहित देशभर २५० जना प्रहरी संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्