News Portal

काठमान्डौं उपत्यकामा ४५ सहित आज देशभर २७४ जनामा कोरोना

डबली संवाददाता२०७७ साउन १५ गते
१५२ पटक

काठमाडांै । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा हालसम्म ५२ जना संक्रमितको ज्यान गईसकेको छ । आज थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएको छन् । त्यस्तै कोरोनामुक्त हुनेको संख्या १४ हजार २ सय ४८ छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३०४ जनाको परीक्षणमा २७४ जनामा कोरोना संक्रमण फेला परेको दिएका छन् । थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५४७ जना पुगेको छ । डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।

आज काठमाडौंका ४१, भक्तपुरका २ र ललितपुरका २ जना गरी ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार थप ४ जना प्रहरीमा कोरोना पोजेटिभ भएसँगै यो संख्या पुगेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बिहीबार प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्